सुनको मूल्यमा सामान्य गिरावट – Nepal Press

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ । केही दिनदेखि बढिरहेको सुनको मूल्य आज भने सामान्य घट्न पुगेको हो ।

आज छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

आज तेजावी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ रहेको छ । यसैगरी आज चाँदीको मूल्य पनि केहि‌‌ सस्तिदै‌  प्रतितोला १ हजार ३७० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँ तोकिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर