रुपन्देहीका अग्रज पत्रकार चौधरीको कोरोना संक्रमणबाट निधन – Nepal Press

रुपन्देहीका अग्रज पत्रकार चौधरीको कोरोना संक्रमणबाट निधन

रूपन्देही । कोरोना संक्रमणबाट रूपन्देहीका पत्रकार हिक्मत चौधरीको मृत्यु भएको छ ।

दुई साताअघि संक्रमणमा परेका चौधरीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान ३ बजे मृत्यु भएको हो । पत्रकार महासंघको निवर्तमान कार्यसमितिको सदस्य रहेका उनी रेडियो लुम्बिनीमा कार्यरत रहेका थिए ।

तिलोतमा ५ मणिग्राम निवासी ६१ वर्षीय चौधरी दुई दशकदेखि पत्रकारितामा क्रियाशील थिए । चौधरीका ४ छोरी, २ छोरा र श्रीमती छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर