कैलालीमा थप कडाइ गर्दै चौथोपल्ट थपियो निषेधाज्ञा, सरकारी बैंकमात्र खुल्ने – Nepal Press

कैलालीमा थप कडाइ गर्दै चौथोपल्ट थपियो निषेधाज्ञा, सरकारी बैंकमात्र खुल्ने

कैलाली । कोरोना संक्रमण नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञा कैलालीमा थप गरिएको छ ।

तेस्रो पटक जारी गरिएको निषेधाज्ञा सकिन नपाउँदै जिल्ला प्रशासन कार्यालय कैलालीले चौथोपटक जेठ १३ गते सम्मको लागी निषेधाज्ञा थप गरेको हो ।

सरकारी बैंकबाहेक सबै बैंक बन्द गरिने जनाइएको छ । औषधि÷उपचार लगायत अत्यावश्यक काम बाहेक बाहिर निस्कन प्रतिवन्ध लगाइएको छ ।

विवाहको लागि ब्यानरसहित बेहुला/बेहुली राखेर बढीमा २ गाडी ५/५ जनागरी १० जना मात्रै जान पाउने बताइएको छ ।

कैलालीमा वैशाख १६ गते निषेधाज्ञा सुरु भएको हो ।कोरोना संक्रमण नियन्त्रणमा नआएको भन्दै जिल्लामा थप कडाइसहित निषेधाज्ञा गरिएको कैलालीका प्रमुख जिला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *