कोरोनाको तेस्रो लहर आउनसक्छ, बालबालिकामा ध्यान दिऔं : देउवा – Nepal Press

कोरोनाको तेस्रो लहर आउनसक्छ, बालबालिकामा ध्यान दिऔं : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहरको सम्भावना विज्ञहरुले औल्याएकोले बेलैमा पूर्ण तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभापति देउवाले ट्वीटमार्फत कोरोनाको तेस्रो लहरले बालबालिकामा बढी प्रभाव पार्ने भएकोले १२ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन सरकारसंग माग समेत गरेका छन् ।

सभापति देउवाले अस्पतालरुहमा बालबालिकाका लागि विशेष वार्ड र आइसीयुको प्रबन्ध बेलैमा गर्नसमेत सरकारसंग माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर