बागमती प्रदेशको उपनिर्वाचनका लागि सोमबार राति देखि मौन अवधि सुरु – Nepal Press

बागमती प्रदेशको उपनिर्वाचनका लागि सोमबार राति देखि मौन अवधि सुरु

काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि जेठ ३ गते सोमबार राती १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु भएको छ । यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाइसक्नुपर्ने आयोगले मंगलबार एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।

आयोगले एसएमएस, फेसवुक, भाईवर जस्ता बिद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार पनि मौन अवधिमा गर्न नपाइने जनाएको छ । उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण नगर्न नगराउन पनि आयोगले सबैलाई आग्रह गरेको आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजकुमार श्रेष्ठले विज्ञप्तीमार्फत जानकारी गराएका हुन् ।

यस्तै जेठ ६ गते बिहीबारका दिन सम्पन्न हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्रका आधारमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन पनि निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *