माधव नेपालको सचिवालयले भन्यो- बादललाई समर्थन छैन, मतदाताले स्वविवेक प्रयोग गरुन् – Nepal Press

माधव नेपालको सचिवालयले भन्यो- बादललाई समर्थन छैन, मतदाताले स्वविवेक प्रयोग गरुन्

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हधारी एमाले उम्मेदवार रामबहादुर थापा बादललाई सघाउने वचन नदिएको नेपालको सचिवालयले प्रष्ट पारेको छ ।

मोहन गौतम ।

माधव नेपालका स्वकीय सचिव मोहन गौतमले मंगलबार साँझ वक्तव्य जारी गर्दै मतदातालाई स्वविवेक प्रयोग गर्न दिने कुरामा सहमति भए पनि बादललाई समर्थन नजनाएको बताएका छन् ।

गौतमका अनुसार नेता नेपालले अन्य दल समेतलाई सहमत गराएर आफूले डा.खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने स्पष्ट पारेका छन् ।


प्रतिक्रिया

3 thoughts on “माधव नेपालको सचिवालयले भन्यो- बादललाई समर्थन छैन, मतदाताले स्वविवेक प्रयोग गरुन्

  1. पैसा बोल्यो है अहिले। एमाले हराउने, कमजोर पार्ने रणनिति! यस्तो फटाई नगरौँ न!

  2. खिमलाल देवकोटाको उम्मेदवारी नै एउटा अस्वाभाविकता हो।अहिलेको राष्ट्रिय सभामा बिज्ञ,विशेषज्ञ अथवा विविध क्षेत्रबाट राष्ट्रिय योगदानकर्ता कोही पनि छैनन।संविधान अनुसार हुनुपर्ने प्रतिनिधित्व त्यहाँ छैन।नीति,नियम तथा राजनीतिक नैतिकतालाई ह्याकुलाले मिचेको अवस्था छ।आफ्नो नितान्त गुटगत स्वार्थ पूरा गर्न तात्कालिक नेकपाका प्रचण्ड,माधव आदि इत्यादिले त्यसो गरेका हुन। गोरखाबाट चुनाव हारिसकेको थितिमा संविधान विपरीत हुने गरि गोर्खेकाजी समेत त्यहा गए।कतिपय गुटभक्त मित्र तथा मित्राणीहरु स्थानीय निर्वाचनमा वडा सदस्य,वडाअध्यक्ष अथवा गाउपालिका उपाध्यक्ष हारेर त्यहा प्रवेश भए!हुदा हुदा बर्दियाबाट चुनाव हारेका हलमुड बामदेवलाई समेत त्यहा नगइ भएन।हरेक चोटि संविधानको ठाडो उल्लंघन भयो।यो हदको बिग्रेको थिति त्यहा छ त खिमलाल यदि साच्चै बिज्ञ हुन भने उनले आफ्नो उम्मेदवारी फिर्ता लिनु राम्रो हो।शेरे,माकुने अथवा प्रचण्डेको मोहरा बनेर आफ्नो भएको उचाइ आफैले नघटाउन उनले!

  3. बहालवाल गृह मन्त्रिले चूनाव हार्ने रेकर्डमा कृष्ण सिटाैला पछि बादलले पनि अाफ्नो नाँउ दर्ज गर्दै छन्।

Leave a Reply to सुशीलकुमार गौतम Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर