नुवाकोटमा निषेधाज्ञा १५ दिन थप – Nepal Press

नुवाकोटमा निषेधाज्ञा १५ दिन थप

नुवाकोट । कोरोनाभाइरसको संक्रमणको जोखिम नियन्त्रणका लागि नुवाकोटमा लगाइएको निषेधाज्ञा मंगलबारदेखि पुनः १५ दिन थप गरिएको छ । गत वैशाख २१ देखि शुरु भएको निषेधाज्ञा दोस्रो पटक थप गरेर यही जेठ १८ गते राति १२ बजेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।

थप तीनको निधन

कोरोना संक्रमित भएर उपचाररत थप तीन जनाको त्रिशूली अस्पतालमा मृत्यु भएको छ ।अस्पतालमा उपचाररत सूर्यगढी गाउँपालिका-३ की ३१ वर्षीया र किस्पाङ गाउँपालिका-५ की ४२ वर्षीया महिलाको उपचारका क्रममा आज निधन भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार उनीहरु दुवैलाई अस्पतालको सघन उपचार कक्ष र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

यस्तै धादिङ, नीलकण्ठ नगरपालिका-११ का ५५ वर्षीय १ पुरुषको पनि उपचारका क्रममा गए राति निधन भएको छ । निधन भएका नुवाकोटका दुई जना आज थप भएसँगै जिल्लाभित्र कोरोनाका कारण ज्यान गुमाउने १२ र सक्रिय संक्रमित ८२१ जना छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर