कोरोनाभाइरस नेपाल : मंगलबार ८,२०३ संक्रमित थपिए, १९६ जनाको मृत्यु पुष्टि – Nepal Press

कोरोनाभाइरस नेपाल : मंगलबार ८,२०३ संक्रमित थपिए, १९६ जनाको मृत्यु पुष्टि

६,८९१ जना निको भए

काठमाडौं । मंगलबार मुलुकमा कोरोनाभाइरसका ८,२०३ संक्रमित थपिएका छन् ।

२० हजार ९७९ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ ।

६,८९१ निको भएका छन् । सक्रिय संक्रमित संख्या १ लाख १४ हजार पुगेको छ ।

कूल संक्रमित संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । भाइरसका कारण अहिलेसम्म ५,४११ जनाले ज्यान गुमाएका छन् ।

काठमाडौं जिल्लामा मात्र २०४९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा सक्रिय संक्रमित संख्या २७ हजार ३३९ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर