सिद्धार्थ अस्पताललाई ४० लाखका उपकरण सहयाेग, कोरानाको उपचार निःशुल्क – Nepal Press

सिद्धार्थ अस्पताललाई ४० लाखका उपकरण सहयाेग, कोरानाको उपचार निःशुल्क

रुपन्देही । रुपन्देहीको बुटवलमा रहेको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा केही दिनअघि संचालन गरिएको कोभिड केयर युनिट अन्तरगत आईसीयु वार्ड स्थापना तथा सञ्चालनको लागि बुटवल उद्योग बाणिज्य संघले ४० लाख रुपैयाँ बराबरको मेडिकल उपकरण सहयोग गरेको छ ।

अस्पताल र संघ दुबै पक्षको सहमतिअनुसार मंगलबार समझदारी पत्रमा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू र महासचिव बिमलराज भट्टराई तथा अस्पतालको तर्फबाट मेडिकल सुपरिटेन्डेण्ट डा. राजेन्द्रप्रसाद बस्याल र प्रशासकीय प्रमुख ध्रुवप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार संघले मंगलबार नै ५ थान प्यासेन्ट मोनिटर र ५ थान आईसीयु बेड उपलब्ध गराएको संघका अध्यक्ष कसजूले बताए । उनले बाँकी ५ थान प्यासेन्ट मोनिटर र ५ थान आईसीयु बेड तुरुन्तै उपलब्ध बताए । दुई संस्था बीचको सहमतिअनुसार संघले १० थान प्यासेन्ट मोनिटर र १० थान आईसीय बेड उपलब्ध गराउने छ ।

त्यस्तैगरी अस्पतालका मेडिकल सुरपरिटेन्डेण्ड डा. बस्यालले बुटवल उद्योग बाणिज्य संघ, बुटवल उपमहानगरपालिका र आम्दा नेपालको सहकार्यमा स्थापना गरिएको आम्दा अस्पतालमा संघले गरेको सहयोग उल्लेखनीय रहेको बताए ।

उनले संघ, नगरपालिका, आम्दा नेपाल र प्रदेश सरकारको सहयोगमा सय शैयाको कोभिड केयर युनिट स्थापना गर्न लागिएको बताउँदै जति छिटो सामानको व्यवस्थापन हुन्छ त्यति छिटो कोभिड केयर युनिट सञ्चालन हुने बताए । यो अस्पतालमा २५ बेड आईसीयु, २५ बेड एचडीयु (डेडिकेटेड) र ५० बेड जनरल हुनेछन् ।

दुई पक्षको समझदारी अनुसार अस्पतालमा सञ्चालन हुने कोभिड केयर युनिट अन्तरगत १० शैयाको आईसीयु वार्ड सञ्चालनको लागि आवश्यक पर्ने आईसीयु बेड र प्यासेन्ट मोनिटर संघले उपलब्ध गराउने, अस्पतालमा सञ्चालन हुने कोभिड केयर युनिट लगायत आईसीयु वार्डको भौतिक संरचना, आवश्यक विजुली अक्सिजन आपूर्ति पाइपलगायतका संरचना तथा आवश्यक अन्य उपकरणको व्यबस्था मिलाउने काम अस्पतालले गर्नेछ ।

त्यस्तैगरी उक्त आईसीयु वार्डलाई ‘बुटवल उद्योग बाणिज्य संघ आईसीयु वार्ड’ नामाकरण गर्ने तथा त्यस अनुसारको विवरण लेख्ने राख्ने व्यबस्था अस्पतालले मिलाउने, आईसीयु उपकरणहरुको मर्मत सम्भार, आवश्यक कर्मचारीको व्यबस्था तथा नियमित सञ्चालनको सुनिश्चितता गर्ने काम अस्पतालले गर्ने, कोभिड पश्चात पनि अन्य प्रकारका संक्रामक रोग तथा अन्य स्वास्थ्य उपचारको लागि उक्त सेवालाई निर्वाध रुपमा सञ्चालन गर्नेगरी समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

आम्दामा कोरानाको उपचार निःशुल्क

महिला तथा बालबालिकालाई उपचार सेवा दिँदै आएको बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)ले कोरोनाका बिरामीलाई समेत उपचार सेवा सुरु गरेको छ ।

गएको बैशाख ३० गतेबाट कोरोना संक्रमितको उपचार सेवा सुरु गरिएको र प्राथमिकताको आधारमा सुत्केरी महिला, अन्य महिला तथा बालकालिकालाई सेवा प्रदान गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्रप्रसाद बस्यालले जानकारी दिए ।

उनका अनुसार तत्काल १० बेडमा कोरोना उपचार सुरु गरिएको र कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क हुनेछ । त्यस्तैगरी अस्पतालले मंगलबारदेखि नै पीसीआर परीक्षण सुरु गरेको उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर