संसद सचिवालयमा महन्थको पत्र- जसपा संसदीय दलको नेता महतो – Nepal Press

संसद सचिवालयमा महन्थको पत्र- जसपा संसदीय दलको नेता महतो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र महतोले संयुक्त वक्तव्य जारी गरेकै दिन जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको सूचना संसद सचिवालयमा पुगेको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ । जसमा महतो दलको नेता निर्वाचित भएको व्यहोरा उल्लेख छ ।

यसमा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको सहमति रहे/नरहेको बारे प्रष्ट छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *