पूर्वअर्थमन्त्री महतको टिप्पणी- सरकारले पूर्णबजेट ल्याउन मिल्दैन – Nepal Press

पूर्वअर्थमन्त्री महतको टिप्पणी- सरकारले पूर्णबजेट ल्याउन मिल्दैन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने टिप्पणी गरेका छन् ।

पूर्वअर्थमन्त्री समेत रहेका महतले सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताए । महतले भने, ‘ फुल फेज वार्षिक बजेटको लागि विश्वासको मत प्राप्त गरेको सरकारले ल्याउनुपर्छ । वर्तमान सरकार नै अनिश्चित छ । ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नु वर्तमान सरकारलाई बाध्यता छ । चाडैँ नै यसले विश्वासको मत प्राप्त गरेर फुल फेज बजेटको घोषणा गर्नु उचित हुन्थ्यो ।’

विश्वासको मत प्राप्त नगरी बजेट ल्याउनुपर्ने अवस्थामा काम चलाउ बजेट ल्याउनुपर्ने उनको राय छ । महतले भने,‘विधिपूर्वक प्रिबजेटको बारेमा छलफल हुनु जरुरी छ । संसदमा राष्ट्रपतिको नीति, कार्यक्रम भाषण हुनुपर्छ । त्यसको आधारमा संसदमा पेस गरेर छलफल गरेपछि निर्णय गर्ने हो । त्यस्तो अवस्था अहिले छैन । त्यसकारण विश्वासको मत प्राप्त गरेर नै घोषणा गरेको भए उचित हुन्थ्यो । विश्वासको मत नलिइकन बजेट पेस गर्नुपर्ने अवस्था आयो भने अन्तरिक बजेट/काम चालउ बजेट पेस गर्ने । राजश्व सम्बन्धी, करका दर तलमाथि गर्ने पनि होइन, कार्यक्रमहरुपनि तलमाथि गर्ने होइन, चालु कार्यक्रमहरुलाई निरन्तरता दिने गर्नुपर्छ ।’

विगतमा पनि सरकारले अन्तरिम बजेट ल्याएको भन्दै महतले अन्य दलहरूसँग पनि छलफल गरेर बजेट ल्याउन माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर