मुग्लिङ हाइवे अस्पताल र सशस्त्र प्रहरीलाई अक्सिजन कन्सनट्रेटर हस्तान्तरण – Nepal Press

मुग्लिङ हाइवे अस्पताल र सशस्त्र प्रहरीलाई अक्सिजन कन्सनट्रेटर हस्तान्तरण

चितवन । चितवन जिल्लाको इच्छाकामना गाउँपालिकामा रहेको याक ब्रिविङ्ग कम्पनी प्रा.लिले स्थानीय अस्पताल र सशस्त्र प्रहरीलाई अक्सिजन कन्सन्ट्रेटर वितरण गरेको छ ।

मुग्लिङको हाइवे अस्पताललाई र सशस्त्र प्रहरी बल कुरिनटारलाई दुई /दुई वटा अक्सिजन कन्सनट्रेटर  हस्तान्तरण गरेको ब्रिविङ्ग कम्पनीका प्रशासन प्रमुख माधब पौडेलले जानकारी दिए।

कोभिड-१९ महामारीसग जुध्न सहयोग होस भनेर स्थानीय अस्पताल र प्रहरीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको पौडेलले जानकारी दिए। अस्पताल र प्रहरीलाई आज बिहान सामाग्री हस्तान्तरण गरेकाे थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर