सप्तकोशी नगरपालिकाकी उप-प्रमुख चौधरीको कोरोना संक्रमणबाट निधन – Nepal Press

सप्तकोशी नगरपालिकाकी उप-प्रमुख चौधरीको कोरोना संक्रमणबाट निधन

जनकपुरधाम । सप्तरीको सप्तकोशी नगरपालिकाकी उप-प्रमुख आशा चौधरीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।

विराटनगरस्थित विराट मेडिकल अस्पतालमा उपचारकै क्रममा आज विहान उनको निधन भएको हो ।

रुघाखोकी र ज्वरो लागेपछि पीसीआर परीक्षण गराउदा उनको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसलगत्तै उनी अस्पताल भर्ना भइन् । स्वास्थ्य अवस्था बिग्रिएपछि तीन दिनदेखि उनको आईसीयूमा उपचार भइरहेको थियो ।

सप्तकोशी नगरपालिका ८ घर भएकी उनी तत्कालिन नेकपा एमालेको तर्फबाट उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर