दुई देशको अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारकाे निर्णय – Nepal Press
मन्त्रिषरिषद् बैठक

दुई देशको अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारकाे निर्णय

जतिसक्दाे चाँडै प्रधानमन्त्रीले विस्वासकाे मत लिने विषयमा पनि छलफल

काठमाडौँ । सरकारले कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको छ । साेमबार साँझ बसेको मन्त्रिरिषद् बैठकले यस्तो निर्णय गरेको परराष्टमन्त्री प्रदीप ज्ञवालीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री र मानवीय आपूर्ति नै रोकिएपछि दुई देशमा सातामा एक एक उडान हुने गरी उडान खोल्ने निर्णय भएको  छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसक्दो चाडै संसदबाट विस्वासको मत लिने जानकारी पनि उनले गराए । कति समयमा लिन लाग्नुभएको हो भन्ने नेपाल प्रेसको प्रश्नमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, यसै दिन भन्ने छैन, कुरा यति हो जति सक्दो जाडै विस्वासको मत लिने गरेर छलफल भएको छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *