कर्णालीमा आज एकै दिन ६६७ जनामा संक्रमण – Nepal Press

कर्णालीमा आज एकै दिन ६६७ जनामा संक्रमण

सुर्खेत । कर्णालीमा आज एकै दिन ६ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा प्रदेशका विभिन्न प्रयोगशालामा परीक्षण गर्दा ६६७ जनामा संक्रमण पुष्टि भएको हो ।

७ सय ७६ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा ४ सय ५९ जना र ६ सय ३१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निदेशनालय सुर्खेतले जनाएको छ ।

संक्रमित हुनेमा सबैभन्दा धेरै सुर्खेतका २ सय ५८ जना रहेका छन भने जाजरकोटका १ सय ४२ जना रहेका छन । यस्तै दैलेखका ७८,रुकुम पश्चिमका ६४ , सल्यानका ५७, कालिकोटका २७,जुम्लाका २१, मुगुका ११, डोल्पाका ६ तथा अन्य प्रदेशका १३ जना रहेका स्वास्थय सेवा निदेशनालय सुर्खेतको तथ्यांक छ ।

योसँगै कर्णालीमा कोराना भाईरसका संक्रमितको संख्या १७ हजार ४ सय १२ पुगेको छ । यस्तै आज थप २ सय ३८ जना संक्रमण मुक्त भएका छन । १० हजार ४ सय ८६ जना भने संक्रमण बाट निको भई डिस्चार्ज भईसकेका छन ।

अब ५ हजार ४ सय ४९ जना संक्रमितहरु विभिन्न आइसोलेसनमा रहेका बताइएको छ । यस्तै प्रदेशभर आज एकैदिन अहिलेसम्मकै धेरै १३ जना संक्रमितको कोरोना संक्रमणका कारण ज्यान गएसँगै मृतकको संख्या १ सय ६२ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर