ओखलढुंगाको मोलुङ गाउँपालिका एक साता सिल – Nepal Press

ओखलढुंगाको मोलुङ गाउँपालिका एक साता सिल

काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिकाको वडाहरुमा एक साताको लागि सिल गरिएको छ ।

सोमबार बसेको गाउँ कार्यपालिका बैठकले गाउँपालिकाको १, २,३,४, ५ र ८ नम्बर वडा सिल गर्ने निर्णय  गरेकाे हाे ।

कोभिड -१९ दोस्रो लहरको कारण संक्रमण तीव्र भएसँगै आज राति १२ बजेदेखि ९ गते राति १२ बजेसम्म लागू हुने गरी ६ वटा वडा सिल गरिएको गाउँपालिकाका अध्यक्ष मणिराज राईले बताए ।

नागरिकको दैनिक आवश्यकतालाई मध्यनजर गरि दैनिक बिहान ६ बजे देखि १० बजे सम्म आवश्यक स्वास्थ्य सतर्कता अपनाएर दैनिक उपभोग्य खाद्यन्न वितरण गरिने पसलहरु मात्र खुल्ला रहनेछ ।

उपभोग्य सामाग्रिको खरिद तथा विक्रि वितरण गर्दा व्याक्तिगत रुपमा अपनाउने स्वास्थ्य सम्वन्धि सतर्कता अपनाउन, माक्स तथा सेनिटाइजरको प्रयोग गरि सामाजिक दुरीको अनिवार्य पालना गर्न समेत नगरपालिकाले आग्रह गरेको छ ।

यस्तै गाउँ कार्यपालिको बैठकले कोरोना नियन्त्रणका लागि विभिन्न निर्णयहरु गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर