राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवार बादललाई सघाउने राप्रपाको निर्णय – Nepal Press

राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवार बादललाई सघाउने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभाको उप निर्वाचनमा एमालेका उम्मेदवार रामवहादुर थापा बादललाई मत दिने भएको छ ।

राप्रपाले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै एमालेबाट अनुरोधसहितको पत्र आएकाले एमाले उम्मेदवार को पक्षमा मतदान गर्न राप्रपाका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखलाई निर्देशन दिएको छ ।

वागमतीबाट राप्रपाका दुई प्रदेशसभा सदस्य र दुईजना गाउँँपालिका अध्यक्ष तथा उपाध्यक्ष मतदाता छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर