कोरोनाभाइरस नेपाल : सोमबार थपिए ९,२४७ संक्रमित, २१४ जनाको मृत्यु पुष्टि – Nepal Press

कोरोनाभाइरस नेपाल : सोमबार थपिए ९,२४७ संक्रमित, २१४ जनाको मृत्यु पुष्टि

५,७६७ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा कोरोनाभाइरसका ९,२४७ जना संक्रमित थपिएका छन् ।

२२ हजार ८७ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार २१४ जना मृतक थपिएका छन् । ५ हजार ७६७ जना निको भएका छन् ।

सक्रिय संक्रमित संख्या १ लाख १३ हजार ४८० पुगेको छ ।

कूल संक्रमित संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ । अहिलेसम्म ५ हजार २१५ जनाले ज्यान गुमाएका छन् ।

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ –

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि –

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर