७४ जिल्लामा निषेधाज्ञा, तीन जिल्लामा छैन योजना – Nepal Press

७४ जिल्लामा निषेधाज्ञा, तीन जिल्लामा छैन योजना

काठमाडौं । कोरोनाभाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ७४ पुगेको छ । अब निषेधाज्ञा जारी हुन बाँकी जिल्लाको संख्या तीनवटा छन् ।

मनाङ, खोटाङ र तेह्रथुम जिल्लामा निषेधाज्ञा हुन बाँकी छ । अहिले मुस्ताङ, सप्तरी, धनकुटा, ताप्लेजुङ र काभ्रेमा आंशिक रुपमा निषेधाज्ञा लगाइएको छ भने ६९ जिल्लामा भने पूर्ण रुपमा निषेधाज्ञा गरिएको छ ।

मनाङ जिल्ला प्रशासनका अनुसार उक्त जिल्लामा तत्काल निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था छैन । न्यून जनसंख्या र आवागमन हुने भएकाले निषेधाज्ञाबारे नसोचिएको मनाङ जिल्ला प्रशासनले जनाएको छ । मुस्ताङमा चाहिँ भीडभाड हुने सार्वजनिक स्थान र मन्दिरमा बाहेक अन्त खुलै राखिएको छ ।

मन्त्रिपरिषद्ले सहरमा ५०० र पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित भए निषेधाज्ञा लगाउने अधिकार जिल्ला प्रशासन कार्यालयहरुलाई दिएको छ ।

बाँकेमा वैशाख १३ गते, सुर्खेतमा वैशाख १४ गते, कास्कीमा वैशाख १५ गते र काठमाडौं उपत्यकाका जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर