पाल्पा र गुल्मीमा १५ गतेसम्म थपियाे निषेधाज्ञा – Nepal Press

पाल्पा र गुल्मीमा १५ गतेसम्म थपियाे निषेधाज्ञा

रूपन्देही । पाल्पा र गुल्मीमा जारी निषेधाज्ञालाई जेठ १५ गतेसम्मलाई थप गरिएको छ ।

दोस्रो चरणको निषेधाज्ञा जेठ ४ गते रातसम्मका लागि थप गरिएको थियो ।

ती दुवै जिल्लामा अहिले पनि दैनिक संक्रमित थपिएको हुँदा तेस्रो चरणमा आगामी जेठ १५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।

सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेकाे पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर