नेपालमा रोकिएका भारतीय नागरिकलाई हिमालय र नेपाल एयरलाइन्सले साउदी लैजाँदै – Nepal Press

नेपालमा रोकिएका भारतीय नागरिकलाई हिमालय र नेपाल एयरलाइन्सले साउदी लैजाँदै

काठमाडौं । नेपालबाट साउदी अरव जान भनेर डेढ महिना अघि नेपाल आएका भारतीय नागरिक बल्ल साउदी जान पाउने भएका छन् । नेपालमा निषेधाज्ञा जारी हुनु पूर्व नै आएका उनीहरु नेपालमा अन्तराष्ट्रिय उडान बन्द भएसँगै रोकिएका थिए ।

नेपालमा अड्किएका भारतीय नागरिक लैजानका लागि नेपाल उड्डयन प्राधिकरणले  १० उडानको अनुमति समेत दिइ सकेको प्राधिकरणका प्रवक्ता राजकुमार खत्रीले जानकारी दिए ।

उनका अनुसार भारतीय दूतवास र साउदी अरबको समेत अनुमतिमा उडान स्वीकृत गरिएको हो । यसमा हिमालय एयरलाइन्स कम्पनीले ७ वटा उडान र नेपाल एयरलाइन्सले तीन वटा उडानले ती नागरिकलाई साउदी पुर्‍याउने छन् ।

प्राधिकरणका अनुसार मंगलबार हिमालय एयरलाइन्सको तीन र नेपाल एयर लाइन्सको दुई वटा चाटर्ड उडानबाट ती नागरिकलाई साउदी पुर्‍याइने छ ।

यसैगरी रहेका अन्य नागरिकलाई अर्को चाटर्डमार्फत लैजाने सहमति भएको छ ।

भारतमा कोरोना फैलिएसँगै विभिन्न देशले अन्तराष्ट्रिय उडान रोकेकाले भारतीय नागरिक नेपाललाई ट्रान्जिट बनाउँदै अर्को मुलुक जाने गरेका थिए ।

तर, पछि नेपालमा भारतीय नागरिक निर्वाध रुपमा आएसँगै कोरोना फैलने डरले सरकारले ट्रान्जिट रोकेको थियो । नेपालमा अन्तराष्ट्रिय उडान बन्द भएसँगै उनीहरु चाटर्डमार्फत साउदी जान लागेका हुन् । अहिले ती भारतीय नागरिक ठमेलका होटलमा बस्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर