बनेपा नगरपालिका एक साता सिल – Nepal Press

बनेपा नगरपालिका एक साता सिल

काठमाडौं । काभ्रेको बनेपा नगरपालिकाले सम्पूर्ण नगरक्षेत्र एक सातालाई सिल गर्ने भएको छ ।

कोभिड १९ दोस्रो लहरको कारण संक्रमण तीव्र भएसँगै मंगलबार राति १२ बजेदेखि १२ गते १२ बजेसम्म बनेपा नगरपालिका क्षेत्रलाई पूर्ण रुपमा सिल गर्न लागेको हो ।

भाइरस सक्रमणको शृङ्खला तोड्न संक्रमणलाई न्यूनिकरण गर्न चाल्नको लागि सोमबार बसेको बैठकमा सरोकारवालाहरुसँग छलफल
गरी शिल गर्न सिफारिस गरिएको नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंहावादे श्रेष्ठले बताए ।

औषधी पसल र अस्पताल बाहेकका अन्य खाद्यान्न पसल, तरकारी पसल, दुग्धजन्य पदार्थ पसल र फलफूल पसल तथा व्यवसायहरु र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदानहुने सेवा समेत पूर्ण रुपमा बन्द गरिने उनले बताए ।

फोहोरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युतको सेवा दिने कार्यालय संस्थाले न्युनतम कर्मचारी मार्फत स्वास्थ्यका आधारभूत मापदण्ड पुरा गरेर मात्र सेवा प्रवाह गर्ने प्रबन्ध मिलाउने निर्णय समेत भएको छ ।

साथै सूचना विभागबाट जारी भएको प्रेस पास लिएका पत्रकार बाहेक अन्य व्यक्तिहरुका हकमा अत्यावश्यक भई स्थानीय प्रशासन वा जनप्रतिनिधिहरुलाई जानकारी गराएर बाहेक कोही पनि घर बाहिर ननिस्कन नगरपालिकाले आग्रह गरेको छ ।

बिहान बिहान गरिने भ्रमण मर्निङवार्क समेत रोक लगाउनुको साथै अत्यावश्यक सेवा प्रवाहमा प्रयोग हुने बाहेक कुनै पनि निजी तथा सार्वजनिक सवारी साधन प्रयोग नगर्न नगरपालिकाले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *