तातोपानीबाट २५ सय अक्सिजन सिलिन्डर नेपाल भित्रियो – Nepal Press

तातोपानीबाट २५ सय अक्सिजन सिलिन्डर नेपाल भित्रियो

काठमाडौं । चीनको सीमावर्ती तातोपानी हुँदै अक्सिजन सिलिन्डर र सर्जिकल मास्कसहितको कन्टेनर नेपाल भित्रिएको छ ।

भन्सार कार्यालय प्रमुख नारद गौतमका अनुसार ती सामग्रीको जाँचपास प्रक्रिया छोट्याएर आजै रातिसम्म काठमाडौं आइपुग्ने गरी पठाउने तयारी भइरहेको छ ।

व्यवसायी शिवप्रसाद घिमिरे र दीपक माल्होत्रालगायतले खरिद गरेको २५ सय सिलिन्डर र एक ट्रक मास्क बोकेको तीन वटा कन्टेनर नेपाल भित्रिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर