काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्ने ६ हजार  जना प्रहरी नियन्त्रणमा – Nepal Press

काठमाडौंमा निषेधाज्ञा उल्लंघन गर्ने ६ हजार  जना प्रहरी नियन्त्रणमा

काठमाडौं । पछिल्लो २४ घण्टायता उपत्यकामा निषेधाज्ञाको उल्लंघन गरी बाटोमा हिड्ने ६ हजार १ सय ५१ जनालाई होल्डमा राखी प्रहरीले सम्झाई बुझाई छोडेको छ ।

प्रहरीले ९ सय १३ वटा गाडी र १ हजार ९ सय २ वटा मोटरसाइकल गरी २ हजार ८ सय १५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको थियो ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ५ सय १९ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *