बाँकेमा निषेधाज्ञा लम्बियो – Nepal Press

बाँकेमा निषेधाज्ञा लम्बियो

रूपन्देही । कोरोना प्रभावित बाँकेमा जारी निषेधाज्ञा थप एकसाताका लागि निरन्तर गरिने भएको छ ।

डीसीसीएमसी बाँकेको सिफारिसमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले १० गतेसम्म कायम हुने गरी निषेधाज्ञा थप गरेका छन् ।

बैशाख १३ गतेबाट जारी निषेधाज्ञामा संक्रमण थपिने क्रम नरोकिएकाले निषेधाज्ञा निरन्तरता गरिएको प्रमुख जिल्ला अधिकारी गेलालले जारी सूचनामा जनाइएको छ ।

कोरोना महामारीको दोस्रो लहरसँगै बाँकेमा भेरी अस्पतालमा १५३ जना र नेपालगन्ज मेडिकल कलेजमा ५१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । अहिले निको हुने दर बढेपनि संक्रमण हुनेको संख्यामा कमी आएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *