राष्ट्रपतिको नाम केरमेट गरी रिट दर्ता, प्रधानमन्त्रीसहित सबै मन्त्रीको कामकाज रोक्न माग (पूर्णपाठ) – Nepal Press

राष्ट्रपतिको नाम केरमेट गरी रिट दर्ता, प्रधानमन्त्रीसहित सबै मन्त्रीको कामकाज रोक्न माग (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथग्रहण गैरसंवैधानिक भन्दै परेको रिटमाथि प्रारम्भिक सुनुवाइ मंगलबार हुने भएको छ ।

अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिटमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विपक्षी बनाएर दायर रिटमा प्रधानमन्त्रीसहित मन्त्रीहरूलाई पनि कामकाज गर्नबाट रोक्न माग गरिएको छ ।

रिट निवेदकले राष्ट्रपतिको नाम उल्लेख गरेर रिट लगेकोमा सर्वोच्च प्रशासनले नाम काटेर राष्ट्रपति कार्यालयलाई मात्र विपक्षी बनाइएको छ । रिट निवेदकले प्रधानमन्त्रीको सपथग्रहण बदर गर्न र उपप्रधानमन्त्रीसहित सबै मन्त्रीहरूको सपथग्रहण पनि बदर मागी भएको जिकिर गरेका छन् ।

निवेदकले अदालतसमक्ष प्रधानमन्त्री ओलीसहित उनको मन्त्रिपरिषदका सदस्यहरूबाट पदभार बहन गरी थप कार्य सम्पादन नगरि यथास्थितिमा राख्न विपक्षीको नाममा अन्तरिम आदेश माग गरेका छन् ।

साथै उनले सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना, श्रममन्त्री गौरीशंकर चौधरी र उद्योग राज्यमन्त्री विमला विकले सपथग्रहण नगरेकाले उनीहरुलाई कामकाजबाट रोक्न आदेश मागेका छन् ।


प्रतिक्रिया

One thought on “राष्ट्रपतिको नाम केरमेट गरी रिट दर्ता, प्रधानमन्त्रीसहित सबै मन्त्रीको कामकाज रोक्न माग (पूर्णपाठ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर