महामारी नियन्त्रणका लागि विदेशी दातासँग मुख्यमन्त्री राउतले मागे सहयोग – Nepal Press

महामारी नियन्त्रणका लागि विदेशी दातासँग मुख्यमन्त्री राउतले मागे सहयोग

जनकपुरधाम । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र बनेपछि प्रदेश २ सरकारले दातासँग सहयोग माग गरेको छ ।

प्रदेश नीति तथा योजना आयोगको संयोजनमा राष्ट्रसंघीय निकायका पदाधिकारीसँग भएको छलफलमा मुख्यमन्त्री लालबाबु राउतले सहयोग मागेका हुन् । राउतले भेन्टिलेटर, अक्सिजनको आपूर्ति, औषधी, जनशक्ति र भ्याक्सिन उपलब्ध गराइदिन आग्रह गरेको उनका प्रेस संयोजक आतिश मिश्रले जानकारी दिए ।

मुख्यमन्त्री राउतले राष्ट्रसंघीय निकायले मुलुकलाई गर्दै आएको सहयोग प्रदेशमा खासै नपुगेको गुनासो पनि गरे ।

छलफलमा यूएनडीपीका धनबहादुर चन्द, यूएनडीएसएसका जितेन्द्रजंग कार्की, डब्लुएचओका डा. सुरेशकुमार शुक्ला, आइओएमका पंकजलाल सिंह, युनिसेफका अशोककुमार झा र युएनएफपीएका नरेन्द्र मिश्र सहभागी थिए । यस्तै सामाजिक विकास मन्त्री नवलकिशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा पनि छलफलमा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *