कपिलवस्तुमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो – Nepal Press

कपिलवस्तुमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्यो

रुपन्देही । कोरोना महामारीको दोस्रो लहरमा कपिलवस्तु जिल्लामा मृत्यु हुनेको संख्या निकै बढेको छ । दोस्रो चरण लागेसँगै जिल्लामा मृत्यु हुनेको संख्या ९४ पुगेको छ ।

यो सहित अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २२ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका फोकल प्रशन उमेशचन्द्र घिमिरेले पहिलो र दोस्रो चरणमा गरी मृत्यु हुनेको सँख्या १ सय २२ पुगेको बताए । उनले दोस्रो चरण शुरु भएको छोटो समयमा नै मृत्युदर बढेको बताए ।
जिल्लामा संक्रिय संक्रमित १४ सय ७० जना छन् भने कुल संक्रमित ४हजार १ सय २७ रहेकोमा निको हुने ३६ सय ५७ रहेका छन् । कोरोनाको रोकथाम नियन्त्रण गर्न कपिलवस्तुमा गत बैशाख २१ गतेदेखि निषेधाज्ञा गरिएकोमा सक्रिय संक्रमितको सख्या बढ्दै गएपछि जेष्ठ १० गतेसम्म निषेधाज्ञा थप गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए ।

भारतमा रोजगारी गर्न गएका नेपाली बढनी नाका हुँदै कृष्णनगरबाट दैनिकजसो सयदेखि डेढ सयको हाराहारीमा आएको प्रहरीले जनाएको छ । उनीहरुको स्वास्थ्य परीक्षणपछि मात्र छाडिने भएपनि संक्रिय सक्रमितलाई भने होम आइसोलेसनमा राखि १० दिनपछि मात्र छाड्ने गरिएको छ ।

उता जिल्ला अस्पताल कपिलवस्तुमा कोरोना संक्रमित विरामी बढेपछि प्रयाप्त अक्सिजन अभावमा उपचारमा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर किशोर बन्जाडेले बताए । जिल्लामा कपिलवस्तु अस्पतालसहित पिपरा अस्पताल, चारनम्वरस्थित सामुदायिक अस्पतालमा कोरोना संक्रमित विरामीको उपचार हुने गरेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर