नेपालले मिस युनिभर्सको टप २१ मा पनि स्थान बनाएन, मेक्सिकोले जित्यो उपाधि – Nepal Press

नेपालले मिस युनिभर्सको टप २१ मा पनि स्थान बनाएन, मेक्सिकोले जित्यो उपाधि

काठमाडौं । मिस युनिभर्स २०२१ को उपाधि मेक्सिकोले जितेको छ । नेपालले उत्कृष्ट २१ मा स्थान बनाउन सकेन ।

आज बिहान अमेरिकाको फ्लोरिडामा भएको प्रतिस्पर्धामा मेक्सिकोकी एन्ड्री मेजाले ताज जितिन् । मिस ब्राजिललाई उछिन्दै सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल गरेकी मेजाले उपाधि जितेकी हुन् ।

यसअघिकी विजेता दक्षिण अफ्रिकाकी जोजिबिनी टुन्जीले नयाँ विजेता मेजालाई ताज लगाइदिइन् । गतवर्ष कोरोनाभाइरस महामारीको कारण प्रतिस्पर्धा स्थगित भएको थियो ।

नेपालले भने उत्कृष्ट २१ मा पनि स्थान बनाउन सकेन । नेपालबाट अनिष्का शर्माले सहभागिता जनाएकी थिइन् । यसपटक नेपालको कस्ट्युमलाई लिएर चर्चा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *