सुदूरपश्चिम प्रदेशमा २१ संक्रमितको मृत्यु , १ हजार भन्दा बढीमा संक्रमण – Nepal Press

सुदूरपश्चिम प्रदेशमा २१ संक्रमितको मृत्यु , १ हजार भन्दा बढीमा संक्रमण

कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सबैभन्दा धेरै कैलालीमा ९ जना, कञ्चनपुरका ५ जना, डडेल्धुरा र बझाङ २-२ जना, बैतडी, अछाम र दार्चुलाका १-१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हाे ।

योसँगै प्रदेशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ३४ पुगेको छ । पछिल्लाे २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा थप १ हजार ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३० हजार चार सय २० पुगेको छ । २४ घण्टामा २ सय १७ जना संक्रमण मुक्त भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *