विरामी भर्ना नलिने विज्ञप्ती निकाल्ने प्रदेश अस्पताल निर्देशकलाई कारवाहि हुँदै – Nepal Press

विरामी भर्ना नलिने विज्ञप्ती निकाल्ने प्रदेश अस्पताल निर्देशकलाई कारवाहि हुँदै

सुर्खेत ।  कर्णाली प्रदेश सरकार मातहत रहेको प्रदेश अस्पताल कालागाउँका निर्देशक डा. डम्बर खड्कालाई प्रदेश सरकारले कारवाही गर्ने भएको छ । सरकारका प्रवक्ता एवम भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले अस्पतालका निर्देशकले बाहिर ल्याएको अभिव्यक्ति गलत गरेको बताए ।

‘केही अभाव भएको भए वा समस्या भएको भए उहाँहरु सरकारसँग आउनुपथ्र्यो । उहाँहरुले ओभरटयाग गरेको सरकारले ठहर गरेको छ । त्यसरी कोभिडका विरामी भर्ना नलिने भन्ने अभिव्यक्तिले उहाँलाई नै राम्रो गर्दैन ।’

मन्त्री शाहीले भने, ‘उहाँले गलत गर्नु भएको छ । कारवाहीको लागि आन्तरिक तयारी अघि बढाएका छौं ।’ प्रदेश सरकारले कोरोना महामारी विरुद्ध लडन आवश्यक पर्ने पूर्ण क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्ने निणर्य गरेको प्रवक्ता शाहीले बताए ।

यसका अलावा अक्सिजन सिलिण्डर खरिद तथा व्यवस्थापन गर्न ६ करोड ३५ लाख, अक्सिजन कन्सन्ट्रेटरका लागि पाँच करोड ४५ लाख, रेम्डिसिभिर लगायत औषधी खरिद गर्न एक करोड, कोभिड विरामीको हवाई उद्धार गर्न एक करोड गरि १३ करोड ८० लाख रकम विनियोजन गर्ने निणर्य मन्त्री परिषदले गरेको मन्त्री शाहीको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर