७ हजार ३६८ काेराेना संक्रमित थपिए, ६ हजार ६४८ डिस्चार्ज – Nepal Press

७ हजार ३६८ काेराेना संक्रमित थपिए, ६ हजार ६४८ डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना कोरोनामुक्त भई डिस्चार्ज भएको छन् ।

७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशैभरको प्रयोगशालामा १९ हजार पाँच सय ३९ पीसीआर परीक्षण गर्दा ७ हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमण भएर निको हुनेको दर ७४ . ६ प्रतिशत रहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *