एकै दिन सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो – Nepal Press

एकै दिन सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो

काठमाडौं । आइतबार सुन तोलामा एकै दिन ९ सय रुपैयाँले बढेको छ । आज तोलामा ९ सय रुपैयाँले बढ्दै छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यसैगरी आज चाँदी पनि प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *