सियारी गाउँपालिकाले दियो कृषकलाई धानको विउमा अनुदान – Nepal Press

सियारी गाउँपालिकाले दियो कृषकलाई धानको विउमा अनुदान

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाले कृषकहरुलाई राहत प्रदान गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा धानको विउ वितरण गरेको छ । गाउँपालिकाले विभिन्न सहकारीमार्फत बैशाख ३० गतेदेखि धानको विउ वितरण शुरु गरेको हो ।

अनुदानको धानको विउ वितरण कार्यक्रम अन्तर्गत मसिना धानलाई ६५ रुपैयां प्रतिकिलो र मोटा धानलाई ६२ रुपैयाँ प्रतिकिलो मुल्यमा ५० प्रतिशत अनुदानमा वितरण गरिएको गाउंपालिकाका कृषि अधिकृत निरहु प्रसाद चौधरीले बताए ।

सियारी गाउँपालिकाले अनुदानमा विउ वितरणको लागि २१ लाख छुट्टाइएकोमा ढुवानी, लोड अनलोड, सहकारीलाई प्रतिकिलो १ रुपैयाँ सेवा शुल्कलगायत खर्च कटाएर १९ लाख बराबरको धान अनुदान वितरण गर्न थालिएको कृषि अधिकृत निरहु प्रसाद चौधरीले बताए ।

गाउँपालिकाले सबै वडामा रहेका विभिन्न कृषि सहकारी सस्थालाई विउ वितरणको लागि जिम्मेवारी दिएको जनाएको छ । कृषकको मागअनुसार सावा, राधा ४, राम, बहुगुणि, चैते ५ लगायतका धानको बिउ वितरण गरिएको कृषि शाखाले जानकारी दिएको छ ।

पालिकाका अध्यक्ष अयोध्या थारुले किसानलाई कृषि उत्पादन बढाउन यसप्रकारका सेवा शुरु गरेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *