समाजसेवी भुलले गरे बयालपाटा अस्पताललाई ५० हजार भन्दा बढी सहयोग – Nepal Press

समाजसेवी भुलले गरे बयालपाटा अस्पताललाई ५० हजार भन्दा बढी सहयोग

अछाम । अछामका समाजसेवी सुरत भुलले न्याय हेल्थ नेपाल बयालपाटा अस्पताललाई ५० हजार भन्दा बढी रुपैयाँ सहयोग गरेका छन् । साँफेबगर नगरपालिका घर भएका समाजसेवी भुलले बयालपाटा अस्पतालले बिरामीको दोस्रो जीवन दिने काम गरेको भन्दै आफुले सहयोग गरेको बताए ।

भुलको श्रीमती निता भुललाई कोरोना संक्रमण भएपछि बयलपाटा अस्पतालमा अक्सिजन दिएर अस्पतालले उपचार गरेको थियो । मृत्युको मुखमा पुगेको श्रीमती लगायत अन्यको ज्यान जोगाउने काम अस्पतालले गरेकोमा उनले खुसी व्यक्त गर्दै सहयोग गरेका हुन् । उनको श्रीमती निता शनिबार नै संक्रमणमुक्त भएर घर फर्किसकेकी छन् ।

यस्तो कोरोनाको कहरमा अस्पतालले निशुलक रुपमा नागरिकको सेवा दिनुका साथै कोरोनाका बिरामीको पनि उपचार गरिरहेको भन्दै आफुले सहयोग गरेको उनको भनाइ छ । नगरपालिका वडा नम्बर २ घर भएका भुल बैद्यनाथ क्षेत्र विकास समितिका सदस्य समेत रहेका छन् । उनी नमुना कृषक बाख्रा फर्मका सञ्चालक समेत रहेका छन् ।

यस्तो सहयोगले अस्पताललाई थप सेवा दिन र दिर्घकालिन रुपमा सेवा कायम गर्न मदत पुग्ने अस्पतालले जनाएको छ । महामारीको बेला अस्पतालले स्रोत साधनले भ्याएसम्म सेवा प्रवाह गरिरहेको अस्पतालको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर