ठाकुर र महतोमाथि कारवाही हुनसक्छ : यादव पक्ष (भिडियो) – Nepal Press

ठाकुर र महतोमाथि कारवाही हुनसक्छ : यादव पक्ष (भिडियो)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुमाथि अनुशासन कारवाही गर्नेबारे छलफल थालेको छ ।

यादव पक्षको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको विधान विपरीत संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको प्रचार गरिनु अनैतिक कदम भएको ठहर गरेको छ ।

बैठकपछि यादव पक्षका सांसद रामबाबु यादवले संसदीय दलको विधान नै नबनेको अवस्थामा दलको नेता चयन गर्नेहरु कारवाहीको भागीदार हुने बताए ।

“सांसदहरुलाई थाहै नदिई कोही संसदीय दलको नेता हुनसक्दैन । संसदीय दलको बैठक बसेर निर्वाचन समिति बनाए विधान पास गरेर प्रक्रियागत हिसाबले मात्रै दलको नेता छानिन्छ”, यादवले पत्रकारहरुसँग भने ।

उनले पार्टी हित र विधान विपरीत ठाकुर पक्ष अगाडि बढेको आरोप लगाउँदै गल्ती नसुधारेर पार्टीबाट कारवाही गरिने बताए ।

आजको कार्यकारिणी समितिको बैठकमा पार्टीभित्र बढेको विवाद र ठाकुर पक्षलाई सामना गर्ने विषयमा छलफल भएको थियो ।


प्रतिक्रिया

One thought on “ठाकुर र महतोमाथि कारवाही हुनसक्छ : यादव पक्ष (भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर