अक्सिजन जोहो गर्न राजारामले गरे महावीरलाई एकलाख सहयोग – Nepal Press

अक्सिजन जोहो गर्न राजारामले गरे महावीरलाई एकलाख सहयोग

काठमाडौं । कोरोनाभाइरस संक्रमण भयावह बन्दै गर्दा अस्पतालमा अक्सिजनको हाहाकार मच्चिएको छ । अक्सिजन नपाउँदा संक्रमितको मृत्यु भएको खबरहरु आइरहेका छन् । यस्तो विषम परिस्थितीमा अक्सिजनको जोहो गर्न कलाकार पनि खटिएका छन् ।

दिनहुँ बढिरहेको अक्सिजन सिलिन्डर र अक्सिजनको समस्यालाई मध्यनजर गर्दै अभिनेता राजाराम पौडेलले समाजसेवी तथा राष्ट्रिय आविष्कार केन्द्रका संचालक महावीर पुनलाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

डा. पुनलाई सम्पर्क गरी पौडेलले आफू पनि जनता बचाउने अभियानमा सहयोगी बन्ने भन्दै १ लाख रकम आविस्कार केन्द्रको बैंक खातामा जम्मा गरिदिएका हुन ।

‘हाम्रो अन्नदाता भनेकै दर्शक हुन अनि यो बेलामा तिनै अन्नदाता भगवान जस्ता दर्शकको जीवन बचाउन महाविर पुनज्यूको टिमले अत्यन्त मिहिनेत गरेको देखेर मैले पनि उहाँलाई थोरै सहयोग गरेको हुँ’ पौडेलले भने ।

पौडेलका अनुसार पछिल्लो हप्ता आफ्ना छोरा बुहारीमा कोरोना देखिएका कारण धेरै समस्या भोगेको भन्दै यो महोलमा सवै कलाकारहरुले फिल्डमा उत्रिएर सहयोग गरिरहेकासंघ संस्थालाई सकेको आर्थिक सहयोग गर्न अपिल पनि गरेका छन् ।

अक्सिजन अभाव हुन थालेपछि अभिनेता पल शाह, निखिल उप्रेती, केदार घिमिरे, राज घिमिरे, निर्मल शर्मा, विजय लामासहितका कलाकारले पनि सहयोगी हात अघि बढाएका छन् ।


प्रतिक्रिया

One thought on “अक्सिजन जोहो गर्न राजारामले गरे महावीरलाई एकलाख सहयोग

  1. आफ्नो आफ्नो तर्फ बाट जति सकिन्छ त्यति आर्थिक सहयोग गर्नु हामी मानवको मुख्य कर्तव्य हो सरकारको मुख ताकेर बस्यौ भने हामी हाम्रा आफ्न्त र देश भरिका दाजुभाइ दिदीबहिनी बचाउन सक्ने छैनौ कलाकारले मात्र नभै हामी नेपाली सबैको कर्तव्य हो। जय मातृ भुमि नेपाल । जय नेपाली।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर