कोरोना संक्रमणले ममता बेनर्जीका भाइको मृत्यु – Nepal Press

कोरोना संक्रमणले ममता बेनर्जीका भाइको मृत्यु

दिल्ली । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीका कान्छा भाइ असीमको शनिबार कोरोनासंक्रमणले मृत्यु भएको छ ।

भारतीय संचारमाध्यमका अनुसार उनी कोलकाताको मेडिका सुपरस्पेसिलिटी अस्पतालमा उपचाररत थिए ।

पारिवारिक स्रोतका अनुसार असीमाको शवलाई कोरोना प्रोटोकल अनुसार दाहसंस्कार गरिने भएको छ ।

मेडिका अस्पतालका अध्यक्ष आलोक रायले असीमको मृत्यु भएको पुष्टि गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर