निषेधाज्ञाले नपुगेपछि चन्द्रागिरी नगरपालिका आजदेखि सिल – Nepal Press

निषेधाज्ञाले नपुगेपछि चन्द्रागिरी नगरपालिका आजदेखि सिल

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञालाई पनि सर्वसाधारणले अवज्ञा गर्न थालेपछि काठमाडौंको चन्द्रागिरी नगरपालिका सिल गरिएको छ ।

नगरपालिकाले शुक्रबार साँझ अत्यन्त जरुरी सूचनामार्फत् आजदेखि सबै सरकारी तथा निजी कार्यालय,बैंक तथा वित्तीय संस्थाका सेवासमेत सम्पूर्ण रुपमा बन्द गरि नगर क्षेत्रलाई सिल गरेको जनाएको छ ।

नगरपालिकाका मेयर घनश्याम गिरीले निषेधाज्ञामा पनि बैंक तथा सरकारी कार्यालयहरू खुल्ने र सर्वसाधारणको आवतजावत नरोकिएपछि सिल गरिएको जनाएका छन् ।

एन्टीजेन परिक्षणका क्रममा अधिकांश व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि नगरपालिकाले आकस्मिक रुपमा यस्तो निर्णय गरेको हो ।

अब चन्द्रागिरि नगर क्षेत्रमा आज जेठ १ गतेदेखि जेठ ७ गते विहान ५ बजेसम्म घर बाहिर हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाएको छ । औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहकेका सबै खाद्यान्न,किराना,मासु पसल,फलफूल तथा तरकारी लगायत सबै सेवा बन्द गरिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *