बाँकेमा थप ८ जना काेराेना संक्रमितको मृत्यु – Nepal Press

बाँकेमा थप ८ जना काेराेना संक्रमितको मृत्यु

रूपन्देही । बाँकेमा उपचाररत थप ८ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।

मृत्युु हुनेमा बाँकेका ४ जना, बर्दियाका ३ जना र सल्यानका १ जना छन् । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत कोहलपुर ४ का ४२ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका १ बर्दियाका ४६ वर्षीय पुरुष, ठाकुरबाबा १ बर्दियाकी ३४ वर्षीया महिला, नेपालगन्ज १९ का ३९ वर्षीय पुरुष र बनगाड कुपिण्डे ४ सल्यानकी ६० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बैजनाथ २ बाँकेकी ३७ वर्षीया महिला, कोहलपुर ९ बाँकेका ६१ वर्षीय पुरुष र गुलरिया १० बर्दियाका ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।

यससँगै कोरोनाबाट बाँकेका २ सय २९ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १ सय ७५ जनाको मृत्यु भएको वलीले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *