पेम्बाका दाजु बहिनीको सफल आरोहण, सगरमाथामा एकै परिवारका ८ जनाको रेकर्ड – Nepal Press

पेम्बाका दाजु बहिनीको सफल आरोहण, सगरमाथामा एकै परिवारका ८ जनाको रेकर्ड

काठमाडौं । कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पाले २१औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

उनीसँगै बहिनी निमा ल्हमू शेर्पाले पनि म १२ तारिखमा सफल आरोहण गरेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत सोना शेर्पाले नेपाल प्रेसलाई जानकारी दिए ।

स्पिड आरोहीका नामले परिचित पेम्बाले बिना अक्सिजन ७ पटक सगरमाथा आरोहण गरिसकेका छन् । उनले दश दिनमा तीन पटक र सात दिनमा दुईपटक सगरमाथा आरोहणको रेकर्ड पनि बनाइसकेका छन् ।

बहिनी ल्हमूको आरोहण सफलतासँगै एकै परिवारबाट आठ जनाले सगरमाथा आरोहण गरेको किर्तिमान समेत पेम्बाको परिवारले बनाएको छ । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ बेदिङका छिरिङ नोर्बु र किमजुङ शेर्पाको आठ जना छोराछोरीले सगरमाथा आरोहण गरेका छन् ।

पेम्बा दोर्जे शेर्पाले २१ पटक आरोहण गरेका छन् भने भाइ पैम्बा ग्याल्जेनले ४ पटक आरोहण गरेका छन् । त्यसतै भाइहरू निमा ग्याल्जेन शेर्पा ९ पटक, फुर्वा तेन्जिङ शेर्पाले १४ पटक, फुर्वा थुण्डु शेर्पाले २ पटक र फुर्वा ठिन्ले शेर्पाले ५ पटक आरोहण गरेका छन् ।

बहिनीहरुमध्ये दावा डिकी शेर्पाले एकपटक आरोहण गरेकी छन् भने निमा ल्हमुले पहिलो पटक यहि मे १२ मा सफल आरोहण गरेको सम्पर्क अधिकृत सोना शेर्पाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर