प्रस्तावित ११ राजदूतमा पूर्वमन्त्रीदेखि पूर्व मेयरसम्म (सूचीसहित) – Nepal Press

प्रस्तावित ११ राजदूतमा पूर्वमन्त्रीदेखि पूर्व मेयरसम्म (सूचीसहित)

काठमाडौं । सरकारले ११ मुलुकमा राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयका दुई सहसचिव सहित ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले राजदूत सिफारिस गरेको हो ।

एक साताअघिकै बैठकले सिफारिस गरेका नाम संसदीय सुनुवाइमा पठाइ सकिएको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए । प्रस्तावित राजदूतमध्ये निर्मलराज काफ्ले र जीवनप्रकाश श्रेष्ठ परराष्ट्र सेवाका सहसचिव हुन् ।

सरकारले एमाले केन्द्रीय सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्री युवराज कार्की, विराटनगर महानगरपालिकाका पूर्व मेयर तथा एमाले नेता रमेशचन्द्र पौडेल,पाल्पाका पूर्व सांसद तथा एमाले नेता कुलप्रसाद नेपाल सहित प्राध्यापक र अधिकार क्षेत्रमा क्रियाशील अन्य ९ जनाको नाम सिफारिस गरेको छ ।

प्रस्ताबित राजदूतहरू यसप्रकार छन्
निर्मलराज काफ्ले- अष्ट्रिया
जीवनप्रकाश श्रेष्ठ- इजिप्ट
रमेशचन्द्र पौडेल- श्रीलंका
कृष्णचन्द्र शर्मा- दक्षिण कोरिया
सुम्निमा तुलाधर- अष्ट्रेलिया
जंगबहादुर चौहान- रुस
नारायणप्रसाद संग्रौला- म्यानमार
युवराज कार्की- बहराइन
कुलप्रसाद नेपाल- ब्राजिल
सुमित्रा सुवेदी- डेनमार्क
मेराज मुसलमान- साउदी अरेबिया


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर