अर्घाखाँचीमा जेठ १० गतेसम्म निषेधाज्ञा थपियो – Nepal Press

अर्घाखाँचीमा जेठ १० गतेसम्म निषेधाज्ञा थपियो

रूपन्देही । अर्घाखाँचीमा जेठ १० गतेसम्मका लागि निषेधाज्ञा थप भएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोरोना रोकथामको लागि वैशाख २० गतेदेखि जारी भएको निषेधाज्ञालाई जेठ १० सम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

बैठकले आदेशको उल्लंघन गर्ने, अवरोध गर्ने, कालोबजारी गर्ने, अत्यावश्यक वस्तुमा जथाभावी मुल्यवृद्धि गर्ने, कृत्रिम अभाव सृजना गर्नेलाई संक्रमक रोग ऐन २०२० अनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए ।

यो अवधिमा अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामाग्रीका पसलहरु बिहान ६ देखि ९ बजेसम्म संचालन हुनेछन् । त्यस्तै बैंक तथा वित्तीय संस्था न्युनतम कर्मचारीबाट खुल्ने प्रशासन कार्यालयले जनाएको छ ।

निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दुध, पानी, औषधि बोक्ने मालवाहक गाडी र एम्बुलेन्सबाहेक सबै सवारीसाधन बन्द हुनेछन् । अस्पताल, औषधि पसल भने २४ सै घण्टा खुला रहनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर