मंसिरमा चुनाव हुनसक्छ, तयारीमा लागौं : उपसभापति निधि – Nepal Press

मंसिरमा चुनाव हुनसक्छ, तयारीमा लागौं : उपसभापति निधि

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आम निर्वाचनका लागि तयारी अवस्थामा रहन पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

नेपाली जनसम्पर्क समिति साउदी अरबको दोस्रो अधिवेशनको शुक्रबार उद्घाटनका अवसरमा भर्चुअल सम्बोधन गर्दै उपसभापति निधिले ढिलोचाँडो चुनाव हुने भन्दै मंसिरमा त्यसको बलियो सम्भावना रहेको बताए ।

निर्वाचन आयोगले घोषणा गरेपछिको तयारीले मात्रै नपुग्ने भएकाले अहिलेदेखि नै निर्वाचनको लागि तयार हुनुपर्ने निधिको भनाई थियो ।

गत निर्वाचनमा लोकतन्त्र, संघीयता र समावेशितामा विश्वास नगर्ने कम्युनिष्ट पार्टीलाई जनताले मत दिएका कारण परिवर्तनका ती एजेण्डा धरापमा परेको भन्दै उनले आगामी निर्वाचनमा कांग्रेसका पक्षमा मत दिएर ती एजेण्डालाई संस्थागत बनाउनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

2 thoughts on “मंसिरमा चुनाव हुनसक्छ, तयारीमा लागौं : उपसभापति निधि

  1. इन्डियाको लागि वा इन्डियाको कुनै स्थानवाट चूनाव लड्नु। तिमीलाइ त राजेन्द्र महतो र के.पि.वलीले नै ठिक गर्छन। पार्टी नेता र कार्यकर्तासंग घुर्की लगाउने पनि सर्बमान्य तर राष्ट्रिय नेता हुन सक्छन् र?

  2. …. मधेशि,इन्डियाको चम्चा। हिजो सम्म कहाँ …………… थिइस?स्वास्थ्य अवस्था ठिक छैन भनि भनेको होइनउ र???

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर