एमालेको ओली र माधव पक्षीय नेताहरुबीच सिंहदरबारमा वार्ता सुरु – Nepal Press

एमालेको ओली र माधव पक्षीय नेताहरुबीच सिंहदरबारमा वार्ता सुरु

काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन दोस्रो तहका नेतासहित प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल वार्तामा बसेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा वार्ता जारी छ । वार्तामा ओली पक्षबाट नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन् । त्यस्तै माधव पक्षबाट नेपाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल सहभागी छन् । लुम्बिनी प्रदेशका मुख्मन्त्री शंकर पोखरेल पनि भर्खर वार्तामा सहभागी भएका छन् । 

हिजो बूढानीलकण्ठस्थित व्यापारी रामेश्वर थापाकोमा नेताद्वयबीच भएको ‘वान टू वान’ वार्तामा २०७५ जेठ २ कै वरिपरिको एमाले रहने गरी सहमति खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमति भएको थियो ।

त्यही सहमतिलाई कार्यान्वयन तहमा पुर्‍याउन दोस्रो तहका नेताहरूहरूसहित वार्ता शुरू भएको हो ।

यो पनि पढ्नुस् :

एमाले दोस्रो तहका नेतासँगैको वार्ताका लागि माधव पक्ष सिंहदरबारमा


प्रतिक्रिया

2 thoughts on “एमालेको ओली र माधव पक्षीय नेताहरुबीच सिंहदरबारमा वार्ता सुरु

  1. रघुजि पन्त र भिम रावलको सहभागिताले बैठक निस्कर्समा पुग्दैन । यि एकता बिरोधि नेता हुन् ।

  2. माकुनेलाई दोस्रो तहका नेताहरु सङ कुरा गर्नु पर्ने स्थिति अाए छ अब।
    अझै पेल्दैछन बा ले😋

Leave a Reply to kiran kumar bhattarai Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर