सोल्टीको व्यवस्थापनबाट आईएचजीले झिक्यो हात – Nepal Press

सोल्टीको व्यवस्थापनबाट आईएचजीले झिक्यो हात

काठमाडौं । पाँचतारे होटल सोल्टीको व्यवस्थापकीय जिम्मेवारीबाट इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी) बाहिरिएको छ ।

आईएचजी बाहिरिएसँगै होटलले अव स्वयं व्यवस्थापन सम्हाल्ने कमपनीका अध्यक्ष दिनेशबहादुर विष्टले बताए । सोल्टीको सेयर बिक्रीपछि आएचजी व्यवस्थापनबाट बाहिरिएको हो । विष्टका अनुसार अब होटल विदेशी साझेदारी नराखिकन आफैं संचालन गर्ने गरी ब्रान्डिङ पनि गर्ने विष्टको भनाइ छ ।

सोल्टी होटलले अब ‘दी सोल्टी काठमाडौं’ का नामबाट पुनः होटलको ब्रान्डिङ गर्ने पनि जनाएको छ । ५४ वर्ष पुरानो होटलले विदेशी व्यवस्थापकसँग साझेदारी गर्दा नाफाको ठूलो अंश विदेश पठाउनु परेको अध्यक्ष विष्ट बताउँछन् ।

२५८ ओटा रुम रहेको सोल्टीले अब होटललाई पुनः ‘रेनोभेट’ पनि गर्ने जनाएको छ । अध्यक्ष विष्टका अनुसार होटललाई अझ परिस्कृत र लक्जरियस बनाइने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर