अर्थमन्त्रीको पहिलो निर्णय – तीन अस्पताललाई अक्सिजन प्लान्ट र पाइपलाइन – Nepal Press

अर्थमन्त्रीको पहिलो निर्णय – तीन अस्पताललाई अक्सिजन प्लान्ट र पाइपलाइन

काठमाडौं । अर्थमन्त्रीमा पुन: नियुक्त भएका विष्णु पौडेलले पदभार सम्हालेका छन् ।

सपथ ग्रहणपश्चात अर्थमन्त्री पौडेलले डडेल्धुरा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगंजमा अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि ५ करोड ८३ लाख २४ हजार उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेका छन् ।

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र बनेको बेला महामारी रोकथाम, उपचार र समग्र अर्थव्यवस्थालाई पुन:उत्थान गर्न यसले सहयोग पुर्‍याउने मन्त्री पौडेलको अपेक्षा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर