हिमालयन र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का – Nepal Press

हिमालयन र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का

काठमाडौं । नेपालका ठूला दुई बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जरसम्बन्धी एमओयूमा हस्ताक्षरपश्चात नेपाल स्टक एक्सचेन्ज नेप्सेले यी दुई बैंकको सेयर कारोबार रोक्का गरेको छ ।

दुवै बैंकले बिहीबार नै नेप्सेलाई पत्र पठाएर दुई बैंकहरु आपसमा मर्जरका लागि सहमति भएकाले सेयर कारोबार रोक्का गर्न भनेका थिए । उक्त पत्रलाई आधार मान्दै फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेन्जले आजैबाट दुवै कम्पनीको कारोबार रोक्का गरिएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर