प्रचण्डले भने- माधवजीसँग कुरा हुँदैछ, ७६ (५) मा पनि भेट हुनसक्छ – Nepal Press

प्रचण्डले भने- माधवजीसँग कुरा हुँदैछ, ७६ (५) मा पनि भेट हुनसक्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ओलीविरुद्धको आफूहरूको गठबन्धनमा माधवकुमार नेपालले धोका दिएको रूपमा अहिले नै आफूले नबुझ्ने बताएका छन् ।

कोरोनाविरुद्ध खोप लगाउन संसद भवन पुगेका दाहालले अबको राजनीतिक कोर्स चुनौतीपूर्ण र सम्भावनायुक्त दुवै रहेको प्रतिक्रिया दिए ।

‘माधव जीसँग अहिले भर्खर पनि कुरा गर्दैछौं । उहाँहरूभित्र केही समस्या पक्कै पनि भए होलान् । उहाँहरू आफैं पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षमै भएको हुनाले अहिले नै धोका दिनुभयो भन्नु बढी हुन्छ’, प्रचण्डले भने, ‘म आशा गर्छु सत्यको पक्षमा, लोकतन्त्रको पक्षमा र संविधानको पक्षमा उहाँहरू संघर्ष अगाडि बढाउनुहुन्छ र हाम्रो एक ठाउँमा फेरि पनि भेट हुन्छ ।’ पत्रकारको थप जिज्ञासामा उनले संविधानको ७६ (५) मा पनि भेट हुनसक्ने जवाफ दिए । संविधानको सो धारामा प्रधानमन्त्रीले ७६ (४) अनुसार विश्वासको मत प्राप्त गर्न नसकेमा बहुमत पुर्‍याउँछु भन्ने कुनै सदस्यलाई राष्ट्रपतिले ५ अनुसार प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छ । जहाँ सांसदहरूलाई दलको ह्वीप लाग्दैन ।

प्रचण्डले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँग संघर्ष जारी रहेको बताएका छन् । प्रतिपक्षको हैसियतमा सरकारको गलत कामबारे खबरदारी गरिरहने उनले बताए । चुनावको सन्दर्भमा उनले संवैधानिक ढंगले हुने कुनै पनि निर्वाचनको लागि पार्टी तयार रहने बताए ।


प्रतिक्रिया

One thought on “प्रचण्डले भने- माधवजीसँग कुरा हुँदैछ, ७६ (५) मा पनि भेट हुनसक्छ

  1. फेरी पनि कलुशित छुल्याहा र धन्धुकारी बुद्धी अनी त्यस्तै ध्यान अनी धुन !?
    यो सब धन्दा छोडेर, थाला परेकी पत्निको छेउमा बसेर हात मुसारिदिने हो भने तिनको शरीर तङ्रिने थियो र कयौं अपराधहरुको गाठो खुकुलो हुनेथियो थोरै !!

Leave a Reply to nagendra Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर