ओली र नेपालबीच सिंहदरबारमा वार्ता हुँदै, अरु नेतालाई पनि बोलाइयो – Nepal Press

ओली र नेपालबीच सिंहदरबारमा वार्ता हुँदै, अरु नेतालाई पनि बोलाइयो

काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच आज पनि पनि वार्ता हुने भएको छ ।

दुई नेताबीच सिंहदरबारमा वार्ता हुने जानकारी आफूले पाएको स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपाल प्रेसलाई जानकारी दिए ।

आफूहरुलाई पनि वार्ताका लागि सिंहदरबार बोलाएको उनले बताए । दुई नेताबीच विहीवार भएको वार्ताको सहमति अनुसार कार्यदलमा रहने नेताहरुलाई वार्तामा बोलाइएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर